त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयाेजनामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन भयो । अतिरिक्त कार्यक्रमअन्तर्गत खुला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हाे । उद्घाटन सत्रकाे अध्यक्षता स्ववियु सभापति कृष्ण अर्यालले गर्नुभएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा क्यम्पस प्रमुख टंकप्रसाद भट्टराई हुनुहुन्थ्यो । कार्यक्रमकाे उद्देशमाथि प्रकाश पार्ने काम स्ववियु सभापति कृष्ण अर्यालले गर्नुभएको हाे । हाजिरी जवाफ सञ्चालनकाे संयाेजकका रूपमा स्ववियु उपाध्यक्ष अमृत भट्टराईलाई ताेकिएकाे हाे । कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिताकाे सञ्चालन र सहजीकरण गर्ने काम स्ववियु सदस्यद्वय सुदर्शन पाण्डे र सुशील बस्यालले गर्नुभएको हाे । प्रथम राउन्डमा २२ समूहकाे सहभागिता भएकोमा छनाेट चरणबाट १२ समूहका बिचमा प्रतिस्पर्धा गराई प्रथम, द्वितीय र तृतीयलाई पुरस्कृत गरिने जानकारी संयाेजक अमृत भट्टराईले दिनुभयो । उद्घाटन सत्रकाे सञ्चालन स्ववियु सचिव ताराबहादुर रायमाझीले गर्नुभएको हाे ।



